नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत भएको छ ।
आज उक्त योजनाको १२ करोड २१ लाख इकाई सुचिकृत भएको हो । उक्त योजनको इकाई सुचिकृत भएसँगै भोलि विहिबारबाट इकाईको कारोबार हुनेछ ।
क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको थियो।
























