सेवाग्राहीलाई नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

काठमाडौं । नागरिक लगानी कोषले सेवाग्राहीलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । कोषले २०७६ चैत देखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र ब्याज भुक्तानी गर्ने सहभागीहरुलाई सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।

नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने भएको छ । उक्त ब्याज रकममा सो छुट समेत गरी चैतदेखि असारसम्मको ब्याज असारभित्र भुक्तानी गरेमा सेवाग्राहीले सो मात्राको छुट पाउने छन् ।

कोषको संचालक समितिको वैशाख ४ गते बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो ।

त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने निर्णय पनि भएको छ । यस्तो बिषम परिस्थितिमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।

IME Lifesidebar
kumari