stcnepal long ad
global ime bank long

एन आई सी एशिया बैंकद्वारा सातै प्रदेश सरकारलाई सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक प्रदेशलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
‘एनआईसी एसिया बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाख रुपैयाँ गरी कूल १ करोड ५ लाख रकम प्रदान गरेको छ’ बैंकको प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उल्लेख गरेका छन् ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पीडामा सघाउ पु¥याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको जनाएको छ ।

उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्णरूपमा आवत–जावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भैरहेको यस असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो ।

एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्यालामजदूरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नून, दाल लगायतका खाद्यान्न सामाग्रीहरू यसअघि नै वितरण गरिसकेको छ ।

यसरी वितरण गरिएको खाद्यान्न सामाग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदूरी गर्नेहरूका परिवारलाई केही भए पनि राहत मिलेको विश्वास बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले उल्लेख गरेका छन् ।

IME Lifesidebar
kumari