stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ ।

 

कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर रु दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५८ अर्ब एक करोड ८३ लाख बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ७.३, व्यापार ५.९१, होटल तथा पर्यटन १०.७, विकास बैंक ३३.०७, जलविद्युत् ४७.२८, वित्त २५.२६, निर्जीवन बीमा २८.७७, उत्पादन ३७.९६, अन्य ५.०४, लघुवित्त ५५.५२, जीवन बीमा ११.७८, सामूहिक लगानी ०.११ र लगानी ०.०३ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड १८ लाख ८६ हजार ७३८ बराबरको कारोबार भयो ।

माथिल्लो तामाकोसी रु १४ करोड १३ लाख ८१ हजार ३८१, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड ४६ लाख ५८ हजार ८४४, शिवम् सिमेन्ट रु आठ करोड ३९ लाख ७१ हजार ५१६ र हिमालयन डिस्टिलरी रु छ करोड ६४ लाख ४३ हजार ५३६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार एनआइबीएल प्रगति फण्ड ९.९८, प्रभु सेलेक्ट फण्ड ७.९७, माथिल्लो तामाकोसी ७.१४, नबिल ब्यालेन्स फण्ड दोस्रो ६.९० र रिभर फल्स पावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाए ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स ५.०१, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३१, समिट लघुवित्त ३.०९, लक्ष्मी लघुवित्त ३.०१ र नेपाल एसबीआई बैंकका लगानीकर्ताले २.८४ प्रतिशतले गुमाए ।

prabhu mahalaxmi
kumari