citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो 

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर दुई हजार ६१०.६० मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अङ्कले ओरालो लागेर ५००.२१ मा ओर्लेको छ । आज कूल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर रु तीन अर्ब ६६ करोड एक लाख ८९ हजार ८६८ मा कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १५.३३, व्यापार ८२.४१, होटल तथा पर्यटन २४.९३, विकास बैंक ७३.९१, जलविद्युत् १०२.३४, वित्त ४६.१९, निर्जीवन बिमा २८६.६९, उत्पादन १२९.३४, अन्य ३५.६ लघुवित्त ६२.३५, जीवन बिमा २९५.५, सामूहिक लगानी कोष ०.०२ र लगानी १.९१ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ । अपीको रु १६ करोड नौ लाख ९९ हजार ८४५ मूल्य बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनी रु १४ करोड ९४ लाख ५२ हजार ४६७, हिमालयन डिष्ट्रिलरी रु १३ करोड ३६ लाख ७९ हजार ८३९, अप्पर तामाकोसी हाइड्रोपावर रु १३ करोड १७ लाख ८९ हजार र नेशनल हाइड्रोपावर रु १२ करोड २४ लाख १९ हजार २८४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

आजको बजारमा दुई हाइड्रोपावर (तेह्रथुम पावर कम्पनी र समालिङ्ग पावर कम्पनी) को शेयर मूल्य १०/१० प्रतिशलते घटेका छन् । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.५५,मैलुङखोला जलविद्युत् कम्पनी ६.७८ र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.६७ प्रतिशतले घटेको छ । तारागाउँ होटलको शेयर मूल्य १.११ प्रशितले बढेको आजको बजारमा सानिमा जनरल इस्योरेन्स को मूल्य ०.८७ प्रतिशतले बढेको छ ।

त्यस्तै एनआइसी एसिया डिवेन्चर ०८२/८३ दुई प्रतिशतले बढेको बजारमा सनराइज ब्लूचिप फण्ड १.६५ र लक्ष्मी इक्विटी फण्डको मूल्य १.२४ प्रतिशतले बढेको छ ।

IME Life
ofukuro
kumari