citizens life insurance long ad
stcnepal long ad

सेयर बजार आज दस महिना यताकै ओरालो अंकमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८.७ अंकले घटेर दुई हजार तीन सय २३६१.२७ विन्दुमा झरेको छ । गएको माघ १८ गतेयता नेप्से पहिलो पटक २३७० विन्दु भन्दा तल झरेको हो ।

आज कारोबार भएका सबै समूहको शेयर घटेको छ । बीमा, व्यापार, फाइनान्स, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ । आज २२८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा बाहेक सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ । आज ७२ लाख २३ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज नयाँ सारथी लघुवित्तको शेयर १० प्रतिशतले तथा लक्ष्मी इक्विटी फन्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । युनिलिभर नेपाल र स्वाभिमान लघुवित्त कम्पनीको शेयर भने दुई प्रतिशतले बढेको छ ।

कारोबार हुने साताको पहिलो दिन आइतबार आज सेयर बजार भारी अंकले पहिरो गएपछि लगानीकर्ताहरू चिन्तित भएका छन् । बजारमा आज ८८.७ अंकको पहिरो जानू ठुलो नोक्सान हो। योसँगै नेप्से परिसूचक २३६१.२७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.१५ अंकले घटेर ४५०.०८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ३ अर्ब १९ करोड रुपैयाँ बढीको भएको छ।

बजार जानकारहरूले आजको बजारलाई लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार घटिरहेको विश्लेषण गरेका छन्। त्यसैले जिम्मेवार निकायबाट सकारात्मक सम्बोधन आउनै पर्ने देखिएको छ।
तरलता संकटका कारण पनि बजार प्रभावित भएको देखिन्छ। बजार पैसाको अभाव देखिएको छ, जसले गर्दा बजार निकै प्रभावित भरहेको छ।

प्राविधिकहरु २३७० को विन्दुमा बजारले दह्रो टेवा लिने भनेकोमा त्यो पनि भत्किएको छ। यसले पनि लगानीकर्ताको मनोबल थप कमजोर बनेको देखिन्छ। अब सेयर बजार माथि उक्लिन
नियामकबाट पछिल्लो समय ल्याइएका नीतिगत निर्णयमा परिमार्जन आवश्यक रहेको छ।

बजार घट्दा अवसर हुने भएकोले स्वपुँजी लगानी गर्नेहरु डराइहाल्नुपर्ने अवस्था देखिदैन। त्यस्ता लगानीकर्ताहरुले ढुक्क भएर सेयर होल्ड गर्दा हुन्छ।

सक्रिय लगानीकर्ता सेयर बजारको पछिल्लो अवस्थालाई लिएर गम्भीर हुनुपर्ने बताउँछन्। सीडी रेसियो र ४–१२ क्याप हटाउनुपर्ने उनीहरूको माग छ।

अहिले लगानीकर्ताहरूले नचाहेर पनि दबाब झेल्नुपरिरहेको छ। यद्यपि घट्दो बजारमा सेयर उठाएकाहरु डराउनुपर्ने अवस्था भने छैन। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

आज व्यापार समूह सर्वाधिक ७.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ६.४१ प्रतिशतले घटेको छ। आज बैंकिङ समूहमा २.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.९६ प्रतिशत, जलविद्युत समूहमा ४.५२ प्रतिशत, वित्त समूहमा ४.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.२९ प्रतिशत, अन्य समूहमा ३।२९ प्रतिशत, लघुवित्त समूहमा ३.७४ प्रतिशत, जीवन बीमा समूहमा ३.८८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३६ प्रतिशत र लगानी समूहमा ४.१४ प्रतिशतको गिरावट आएको छ।

आज धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ७२ लाख २३ हजार २४० कित्ता सेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१.५७ रुपैयाँमा किनबेच भएका छन्। मञ्जुश्री फाइनान्सको सर्वाधिक १९ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल हाइड्रोको १३ करोड २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने आज नबिल बैंकको ११ करोड २३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ८ करोड ४ लाख रुपैयाँ, अपी पावरको ६ करोड ९२ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ६५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ६ करोड ४१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ११ लाख रुपैयाँ र एचआईडीसीएलको ५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

आज युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयभाउ २ प्रतिशतले उकालो लागेको छ । यसैगरि आज नयाँ सारथी लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन।

यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। यसैगरी नेपाल हाइड्रोको सेयरभाउमा पनि १० हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।

 

IME Life
kumari