citizens life insurance long ad
stcnepal long ad

सेयर बजार बिहीबार सेयर बजारमा पुनः गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन हिजो मंसिर १६ गते बिहीबार सेयर बजारमा पुनः गिरावट आएको छ। हिजो बजार ४९.०४ अंकले ओरालो लागेको थियो। योसँगै नेप्से परिसूचक २५८४.६१ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४६ अंकले घटेर ४८७.२७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

सेयर बजार जानकारहरू बजार बढ्नलाई केही आधार चाहिने भएकोले त्यस्तो नदेखिएको बताउँछन्। अर्थतन्त्र सकारात्मक छैन, ब्याजदरको ग्राफ उकालो लागिरहेको देखिन्छ । ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि उल्टो हुन्छ। यसका कारण बजारमा अहिले केही दबाब दिएको छ।

प्राविधिक रुपमा पनि २६०० को विन्दुमा दरो सपोर्ट थियो, त्यो भत्किएको छ। सोही कारण केही ट्रेडरहरुले स्टप लस गरेको देखिन्छ। बजार मनोविज्ञानले नै चल्ने गर्दछ । पैसा हुनेहरु अहिले बजार पसेका छैनन् किनकि डरको मनोविज्ञान छ । जुन हिजोको सेयर बजारले देखाएको छ।
कारोबार र भोलुम घट्दै जानुले पनि बजार फर्किन केही समय लाग्ने देखिएको छ।

सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहँदा पनि बजार सकारात्मक बन्न नसक्नुले लगानीकर्ताहरु निराश बनेको अवस्था रहेको देखिन्छ। त्यसैले अहिले लगानीकर्ता कमाउनेभन्दा पनि बचेको सम्पत्ति जोगाउनतिर लागेजस्तो देखिन्छ। सोही कारणले पनि बजार फर्किन नसकेको हो।

पछिल्लो समय सेयर बजारमा आइरहेको गिरावटमा सरकारको पनि कमजोरी रहेको छ। पुँजीगत खर्च बढाउनभन्दा पनि सरकारले पैसा बाँड्नतिर लागेको छ। यदि सरकारले पुँजीगत खर्च बढाउने हो भने तरलता सहज हुँदै जान्छ र सेयर बजार पनि सकारात्मक बन्ने आशा गर्न सकिन्छ।

हिजो नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको थियो। हिजो विकास बैंक समूह सर्वाधिक ३.८२ प्रतिशतले ओरालो लागेको थियो । वित्त समूह ३.७६ प्रतिशतले घटेको थियो । हिजो बैंकिङ समूहमा १.०१ प्रतिशत, व्यापार समूहमा १.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९७ प्रतिशत, जलविद्युत समूहमा २.२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.४९ प्रतिशत, अन्य समूहमा ३.६४ प्रतिशत, लघुवित्त समूहमा १.६६ प्रतिशत, जीवन बीमा समूहमा १.६५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२८ प्रतिशत र लगानी समूहमा १.७१ प्रतिशतको गिरावट आएको थियो।

धेरै कारोबार गर्ने कम्पनीहरु:

हिजो नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका कुल ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६.०२ रुपैयाँमा किनबेच भएका थिए । हिजो महालक्ष्मी विकास बैंक सर्वाधिक १२ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको थियो ।

हिमालयन डिस्टिलरीको ११ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। हिजो नेसनल हाइड्रोको १० करोड ९७ लाख रुपैयाँ, एनटीसीको ९ करोड ८६ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ७ लाख रुपैयाँ, अपी पावरको ८ करोड ५४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड २३ लाख रुपैयाँ, महिला लघुवित्तको ७ करोड ७० लाख रुपैयाँ र एचआईडीसीएलको ६ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।

धेरै कमाउने र धेरै गुमाउनेहरू :

हिजो सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयर भाउमा पोजिटिभ सर्किट लागेको थियो। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको थियो। हिजो महिला लघुवित्त सेयरभाउ पनि ८.५ प्रतिशतले उकालो लागेको थियो। हिजो कर्पोरेट डेभलपमेन्ट बैंक र मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाएका थिए। यी कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको थियो।

IME Life
kumari