citizens life insurance long ad
stcnepal long ad

विश्वकै स्वादिष्ट खान्कीको सूचीमा पर्यो मःम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाली जनजीवनमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल मःम विश्वकै लोकप्रिय र स्वादिष्ट खान्कीका रुपमा सूचीकृत भएको छ। खाजाका रुपमा नेपालीहरुले अत्याधिक रुचाएको मःमलाई सीएनएनले विश्वकै स्वादिष्ट खानामा सूचीकृत गरेको छ।

नेपालमा मःमको खपत अत्याधिक हुने गरेको छ। यसलाई हरेक वर्ग, उमेर र समुदायका मानिसहरुले खाने गरेका छन्। नेपालका पाँचतारे होटलदेखि लिएर सडकका ठेलाहरुसम्म मःम पाइने गर्दछ। नेपालका प्रायः प्रत्येक खाजाघर, रेस्टुराँ र होटेलमा मःम पाइन्छ।

नेपाली मःमको पारखी नेपालीमात्रै नभएर विदेशी पर्यटकसमेत रहेका छन्। विदेशी पर्यटकको रोजाइमा समेत नेपाली मःम पर्ने गर्दछ। नेपाली मःम नेपालमा मात्रै नभएर नेपाली समुदाय भएका विश्वका अन्य देशहरुमा समेत चर्चित छ।

मःमका विभिन्न परिकारहरु हुन्छन्। बफ मःम, भेज मःम, पनिर मःम, चिकेन मःम, मटम मःम आदि। स्टिम मस्म, झोल मस्म,फ्राई मस्म आदि स्वादमा पाइन्छ।यीमध्ये धेरैजसोको रोजाइमा भने बफ स्टिम मःम,चिकेन स्टिम मस्म नै पर्ने गर्दछ।

सीएनएनले नेपाल, तिब्बत, चीन र उत्तर भारतमा पाइने मःमसहित विश्वका अन्य देशहरुमा पाइने ३५ वटा स्वादिष्ट डम्पलिङको सूची तयार गरेको छ। अमेरिका लगायतका अन्य देशहरुमा मःमलाई डम्पलिङ भन्ने गरिन्छ।
सीएनएनको सूचीमा इटली, चीन, टर्की, अमेरिका, ताइवान र युरोप लगायतका खान्कीहरुले स्थान बनाएका छन्।

IME Life
kumari