सम्हालिन खोज्दाखोज्दै घट्यो सेयरबजार
काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन हिजो सोमबार पनि बजार दोहोरो अंकले घटेको छ। हिजो मंसिर १३ गते सेयर बजार २१.४८ अंकले ओरालो लागेको थियो। योसँगै नेप्से परिसूचक २६३०.०१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ४९५.४५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा हिजो घटेर ४ अर्ब रुपैयाँको भएको छ।
सेयर लगानीकर्ता भन्छन–अहिले स्थितमा बजारको परिस्थिति अनुमान गर्न धेरै गाह्रो रहेको छ। लगानीकर्ताहरु त्रर्सिएका छन्। नेपाल राष्ट्र बैंकको नीतिमा परिमार्जन हुने अपेक्षा धेरै थियो तर भएन। सेयर बजार हिजोबाटै सम्हालिन खोजेको देखिएको थियो । त्यसैले अबको केही दिनमै बजार सम्हालिने देखिन्छ।
कोभिडको नयाँ भेरिएन्टले फेरि बजार सकारात्मक हुन सक्ने लगानीकर्ताहरूको तर्क छ। प्यानिक सेल सकिएकोजस्तो देखिन्छ। बजार अब २४८२ भन्दा तल जाँदैन। केही सक्रिय लगानीकर्ताहरू भन्छन( बजार अझै केही दिन साइडवेजमा जान सक्ने छ।
सानातिना करेक्सन हुँदै बजार चल्ने देखिन्छ । बजारको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा सकारात्मक महौल नभएकोले पनि साना र नयाँ लगानीकर्ता आत्तिएको जस्तो देखिन्छ।
अहिलेको बजारमा कम्पनीका आधारभूत पक्ष अध्ययन गरेर मात्र लगानी गर्दा उचित हुने सेयर विश्लेषकहरूको सुझाव रहेको छ। कोभिडको नयाँ भेरिएन्ट रोकथाम र नियन्त्रणका लागि गरिने प्रतिबन्धहरुले आयात रोकिने अवस्थामा आएमा तरलता सहज बनेर बजार फेरि माथि पनि जान सक्छ।
हिजो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको थियो भने ११ वटामा रातो पोतिएको थियो। हिजो म्युचुअल फन्ड समूह सर्वाधिक ०।१२ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूहमा पनि ०।०२ प्रतिशतको बढोत्तरी आएको छ।
यसैगरि हिजो होटेल तथा पर्यटन समूह सर्वाधिक २.२५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.९७ प्रतिशतले घटेको छ। बैंकिङ समूहमा ०.६१ प्रतिशत, व्यापार समूहमा ०.२१ प्रतिशत, विकास बैंक समूहमा १.३६ प्रतिशत, वित्त समूहमा १.३१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९९ प्रतिशत, लघुवित्त समूहमा ०,८ प्रतिशत, जीवन बीमा समूहमा ०.८३ प्रतिशत र लगानी समूहमा ०.७७ प्रतिशतको गिरावट आएको थियो।
धेरै कारोबार गर्ने कम्पनीहरु:
हिजो नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँमा किनबेच भएका छन्।
जसमा महालक्ष्मी विकास बैंकको सर्वाधिक ६१ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । नेसनल हाइड्रोको १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यसैगरि आईसीएफसी फाइनान्सको १२ करोड ४९ लाख रुपैयाँ, एनटीसीको ९ करोड ९५ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड १४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ८ करोड ६९ लाख रुपैयाँ, अपी पावरको ८ करोड २८ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ५३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।
धेरै कमाउने र धेरै गुमाउनेहरू:
हिजो दुई वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। न्यादी हाइड्रोपावर र सामलिङ्ग पावरका सेयरधनीहरु मालामाल भएका थिए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको थियो। यसैगरि हिजो आईसीएफसी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका थिए। यो फाइनान्सको सेयरभाउमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको थियो।


























