citizens life insurance long ad
stcnepal long ad

आ.व. २०७७/०७८ मा नेप्सेमा उछाल, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा नेप्से परिसूचकमा उछाल आएको देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको छ ।

प्रतिवेदन अनुसार २०७८ असार मसान्तसम्म नेप्से सूचकांक वार्षिक विन्दुगत आधारमा २८८३.४ को विन्दुमा पुगको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १११.६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पनि ८.२ प्रतिशतले वृद्धि नेप्से सूचकांक १३६२.४ को विन्दुमा पुगेको छ।

२०७७ असार मसान्तमा २८८.३ रहेको नेप्से सेन्सेटिभ सूचकांक पनि ८७.८ प्रतिशतले वृद्घि भई २०७८ असार मसान्तमा ५४१.४ पुगेको छ। त्यसैगरी नेप्से फ्लोट सूचकांक उक्त अवधिमा ९५.५ बाट १०९.८ प्रतिशतले वृद्घि भई २००.३ पुगेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा धितोपत्र बजार कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार रकम रु. १५० अर्ब ४ करोड रहेकोमा समीक्षा वर्षमा ८।. गुणाले वृद्धि भई रु। १४५४ अर्ब ४४ करोड पुगेको छ।

धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १२३।७ प्रतिशतले वृद्घि भई २०७८ असार मसान्तमा रु. ४०१० अर्ब ९६ करोड पुगेको छ । यस अनुसार २०७८ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ९४.० प्रतिशत रहेको छ। २०७७ असार मसान्तमा यस्तो अनुपात ४५.८ प्रतिशत रहेको थियो।

बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाहरु (बीमा कम्पनी समेत) को अंश ६८.९ प्रतिशत, जलविद्युत क्षेत्रको ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको ३.७ प्रतिशत, होटेलको १.५ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्यको ८.९ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरको चुक्ता मूल्य आर्थिक वर्ष २०७७/०७८ मा २१.१ प्रतिशतले वृद्धि भई रु. ५७३ अर्ब २४ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा रु. २८४ अर्ब ९५ करोड बराबरको सरकारी ऋणपत्र, रु. ४६ अर्ब ७४ करोड बराबरको बोनस सेयर, रु. ४२ अर्ब १७ करोड बराबरको साधारण सेयर, रु. १८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु. ६ अर्ब ८५ करोड बराबरको म्युचुअल फन्ड र रु. ५ अर्ब ५२ करोड बराबरको हकप्रद सेयरगरी कुल ४ खर्ब ४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २०७८ असार मसान्तसम्ममा २१९ पुगेको छ। २०७७ असार मसान्तमा यस्तो संख्या २१२ रहेको थियो। सूचीकृत कम्पनीमध्ये १४३ बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी, ५ होटल र ३ अन्य समूहका छन्।

IME Life
kumari