stcnepal long ad
ime life insurance
national life
global ime bank long

फेरि ईडीआईएसमा समस्या देखियो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सीडीएससीको नियम अनुसार लगानीकर्ताले सेयर बेचेको भोलिपल्टसम्म ईडीआइएस नगरेमा २० प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ। विभिन्न प्राविधिक कारणले गर्दा बेलाबखतमा सेयर बेचेपछि पनि सेयर ईडीआइएस गर्न नमिल्दा लगानीकर्ताहरु हैरान हुँदै आएका छन्। गत मंगलबार सेयर बेचेका केही लगानीकर्ता ईडीआइएस गर्न नमिलेको बताउँछन्। गत मंगलबार साहस ऊर्जाको सेयर बेचेका केहीको अहिलेसम्म होल्डिङमा देखाएको छैन।

लगानीकर्ताहरूका अनुसार गत मंगलबार नै बेचेको नेपाल बैंक लि।को सेयर ईडीआइएस गर्न नमिलेको बताउछन। ईडीआइएस गर्न नमिलेपछि लगानीकर्ता अब के गर्ने रु के कारणले ईडीआइएस गर्न मिलेको छैनरु भनेर अन्योलमा रहेका छन्।

तर सीडीएससीका प्रवक्ता भने सीडीएससीमा त्यस्तो कुनै समस्या नभएको दाबी गर्छन्। केही सीमित लगानीकर्तामा मात्र ईडीआईएसमा समस्या आएको हुन् सक्ने कम्पनीको दाबी रहेको छ।

अहिले कम्पनीहरुले धमाधम लाभांश घोषणासँगै वार्षिक साधारणसभा आह्वान गरिरहेका छन। बुक क्लोजमा भएका कम्पनीहरुको बुक क्लोजको भोलिपल्ट मात्र ईडीआइएस गर्न मिल्छ। त्यसैले समस्या आएको हुन सक्छ।

अहिले धेरै नयाँ लगानीकर्ता भएकाले ब्रोकरको सिस्टममा म्याचिङ नभएर पनि समस्या आएको हुन सक्ने कम्पनीको भनाई छ । डिम्याट अकाउन्ट नवीकरण नगरेर पनि ईडीआइएसमा समस्या आउने गरेको छ।

prabhu mahalaxmi
kumari