stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शेयर बजार आज दोहोरो अंकले घटयो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अघिल्लो साता लगातार बढेको सेयर बजार यो साताको दोश्रो कारोबार दिन आज सोमबार भने नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ अंकमा सीमित बन्न पुगेको छ । आज कारोबार रकम भने बढेर ८ अर्ब नजिक पुगेको छ । लगानीकर्ताहरूले सोमबारको बजारमा कारोबारले साथ दिएको र नेप्सेको घटाई ‘करेक्सन’ रहेको बताएका छन् ।

करेक्सनका कारण बजारको जग अझ बलियो भएको छ । तरलता बिस्तारै सहज हुँदै गएको, सेयर बजारलाई प्रभाव पर्ने कतिपय नीतिमा पुनर्विचार गर्ने राष्ट्र बैंक नेतृत्वले संकेत दिएको लगायतका कारण बजारमा अब नयाँ जोशजाँगर आउने समेत दाबी गरिएको छ ।

बजार बिस्तारै माथि नै जाने छ। धेरै बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिक रिपोर्ट पनि आशालाग्दो नै आएको छ । ५–६ महिनापछि चुनाव आउँदैछ, दूरदराजको पैसा बैंकिङ च्यानलमा आउँदा तरलता अझै सहज हुनेछ । मंसिरसम्म तरलता सहज हुने संकेत देखिएकोले पनि बजारमा सकारात्मक माहौल छ ।

लगानीकर्ताहरूले सोमबारको बजारको गिरावटलाई ‘स्वभाविक’ भनेका छन् । विगतमा जसरी घटेको थियो, त्यसरी नै बढेको छ । हिजोअस्ती इन्ट्राडे करेक्सन भयो । आजको करेक्सनले नयाँ उचाई चुम्ने बलियो आधार तयार गरिदिएको छ ।

बैंकहरुको आधार दर नबढेको, पहिलो त्रैमासिक रिपोर्ट निकाल्ने धेरै कम्पनीको इपीएस र नेटवर्थ राम्रो हुँदै गएको देखिएको र अब बैंकिङ प्रणालीमा दोश्रो त्रैमासबाट तरलता सहज हुँदै जाने दाबी गरिएको छ। बजार माथि नै जाने आधारहरु धेरै छन् ।

चाँडबाड सकिँदै गएका छन् । स्थानीय चुनाव हुनेवाला छ । सरकारी खर्च समेत बढ्ने अवस्था छ । यसले तरलता समेत सहज बनाउनेछ, जसको सकारात्मक लाभ बजारलाई नै हुने हो ।

आज सेयर बजारमा नेप्सेका ३ वटा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । बैंकिङ समूह ४.६९ अंकले बढेको आज होटल र टुरिजम समूहमा ७.७९ अंक तथा इन्भेष्टमेन्ट समूहमा ०.४ अंकको बढोत्तरी भएको छ। बाँकी सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा ठूलो करेक्सन जलविद्युत समूहमा देखिएको छ । यो समूहको उपसूचक ७४.१९९२.३३ प्रतिशत०ले घटेको छ ।

यस्तै, व्यापार समूह १.२९ प्रतिशत, विकास बैंक समूह ०.७७ प्रतिशत, बित्त समूह १.६३ प्रतिशत, निर्जीवन बीमा समूह ०.४२ प्रतिशत, जीवन बीमा समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स १.६२ प्रतिशत, उत्पादनमूलक समूह १.८१ प्रतिशत, अन्य समूह १.३६ प्रतिशत, र म्युचुअल फण्ड समूह ०.७६ प्रतिशतले घटेको छ।

आज बजारमा २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले ३६ करोड ५८ लाख बढीको कारोबार भएको छ ।

आरएमडिसी लघुवित्तले ३६ करोड ५६ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले ३४ करोड, कामना सेवाले २५ करोड, अरुण भ्याली हाइड्रोपावरले २१ करोड, रिडी हाइड्रोपावरले १८ करोड, अपी पावर कम्पनीले १७ करोड, आइसीएफसी फाइनान्सले १६ करोड र लुम्बिनी विकास बैंकले १५ करोडभन्दा बढीको कारोबार गरे । धेरै कमाउने र गुमाउने कम्पनी
आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

मनुषी लघुवित्त, साहास उर्जा लिमीटेड र पाँचथर पावरको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको थियो । कामना सेवा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ७ प्रतिशत हाराहारीमा घट्न पुगेको छ ।।

 

prabhu mahalaxmi
kumari