stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तरलता संकटबीच सेयर बजारमा उछाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड महामारीको सुरुआती चरणमा अन्यत्र लगानीको अवसर नहुँदा अधिक तरलताले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो।

कुनै समयमा बैंक तथा वित्तीय संस्थामा एक खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता थियो। ब्याजदर घटेसँगै उकालो लागेको सेयर बजार नेप्से ३२ सय भन्दा माथिको विन्दुमा पुगेर करेक्सन आएको थियो।

छोटो समयमा बढेको सेयर बजार छोटो समयमै घटेर २४८४ को विन्दुसम्म तल झरयो। केही दिनयता बजार पुनः बढिरहेको छ। हिजो कार्तिक १० गते पनि इन्ट्राडे करेक्सनसँगै १८ अंक बृद्विले सेयर बजार नेप्से सकारात्मक भएको थियो। सेयर कारोबार पनि गत मंगलबारको तुलनामा हिजो बुधबार करिब ३० करोड रूपैयाँले बढेको थियो।

हिजो धेरै लगानीकर्ताले बजारमा करेक्सन आउँछ भन्ने अपेक्षाका बाबजुद पनि दिनभरि तलमाथि गर्दै नेप्से १८ अंकले सकारात्मक भएर बन्द भएको छ। सेयर बजार आखिर किन बढेको छ ? के ब्याजदर बढ्दा सेयर बजार सधैँ घट्छ भन्ने छैन।

सेयर विश्लेषकहरू भन्छन्, ‘ब्याजदर बढ्दा बजार घट्छ भन्ने विषय किताबमा पढ्ने र भन्ने विषयमात्रै हो। यही नै यर्थाथपरक होइन।’ व्यवहारिक रुपमा सेयर बजार ब्याजदर बढ्दा पनि नेप्से बढेको धेरै उदाहरण रहेको छ। अघिल्लो पटक उच्च विन्दुमा सेयर बजार बढ्दा पनि ब्याज बढेको नै थियो।

अहिले धेरै लगानीकर्ताले आफ्नो स्वपुँजीबाट बजारमा लगानी गर्ने भएको र बजारको विस्तार व्यापक भएकोले पनि ब्याजदरले नै प्रत्यक्ष असर गर्दैन।

एक सेयर दलाल भन्छन– अहिले बजार बढ्नुमा पहिलो त छोटो समयमै सेयर बजार धेरै घट्नु नै हो। दोस्रोमा ब्याजदर सिंगल डिजिटमै रहनु नै हो। तेस्रोमा ऋणको ब्याजदर पनि ३ महिनाको औसत आधारदर भन्दा नबढ्ने भन्ने हो।

चौथोमा कम्पनीहरुको प्रथम त्रैमास रिपोर्ट र लाभांश राम्रो आउँदै गरेका कारण पनि बजार बढेको विश्लेषण गरेका छन्। मसान्तको प्रभाव र चाडपर्वको प्रभाव पनि सकिएकोले बजारमा सकारात्मक भएको हो ।

अर्का सेयर विश्लेषक भन्छन– अहिले सेयर बजार बढ्नुको पहिलो मुख्य कारण स्थानिय तहको चुनाव आउन लागेका कारण नै हुन सक्छ। दोस्रो भनेको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ४–१२ करोड रूपैयाँको सेयर धितो कर्जाको सीमा हट्ने अनुमानले पनि बजारमा सकारात्मक प्रभाव परेको हो।

म्युचुअल फन्डले पनि अहिले नै सबै सेयर बेची सकेका छैनन। हामीले सतप्रतिशत उपलब्धि हासिल गरेका छौं तर ठूलो लगानी अहिले पनि सेयर बजारमै रहेको छ । अहिले लगानीकर्तामा विश्वास बढेको कारण पनि बजार बढेको हो।

prabhu mahalaxmi
kumari