एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि हुने

काठमाडौं । नेकपा (एमाले )को १०औं महाधिवेशन प्रतिनिधि १ हजार ५ सय ३६ जना रहने गरि मापदण्ड तयार भएको छ । कात्तिक ११ गते बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १ हजार ५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई आज बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने छ।
चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन हुने व्यवस्थामा रहेर छलफल अगाडि बढेको छ । अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । १ हजार ५ सय ३६ जना प्रतिनिधिहरु १० औं महाधिवेशनका निम्ति चयन गर्ने सम्भावना छ।
महाधिवेशनमा तीन खालका प्रतिनिधि हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु आयोजक पदेन प्रतिनिधि हुनेछन् ।
पदेन प्रतिनिधिबाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न रेसियोबाट करिब १ हजार १ सय ९६ जना प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तिमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना प्रतिनिधि छनोट हुने छन।
त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेगरी यस हिसाबले भुगोलबाट चयन हुने १हजार १ सय ९६ जना, पदेन २६२ जना र यसको ५ प्रतिशतले हुने मनोनयन गरेर १५३६ जना प्रतिनिधि चयन हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसमा ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी जनजाति,थारु, मधेसी, मुस्लिम, दलित र पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएको छ । ४९ प्रतिशत खुला प्रतिनिधि चयन हुने बताइएको छ।
त्यसबाहेक हरेक जिल्लाबाट एक( एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ । त्यसैगरी हरेक जनसंगठनबाट ५र५ जना प्रतिनिधित्व हुनेछ ।
केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने भएको छ।
बैठकमा महाधिवेशन मूल आयोजक कमिटीबाट सहसंयोजक सुरेन्द्र पाण्डेले चितवनमा हुने महाधिवेशनको तयारीका सन्दर्भमा प्रारम्भिक कामहरुबारे जानकारी गराएका थिए । नारायण नदी किनारमा खुला सभा गर्ने र सौराहको पर्यटकीय स्थलमा बन्दसत्र गर्ने जानकारी बैठकमा गराएका थिए।