stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज पनि दोहोरो अंकले घट्यो नेप्से

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सेयर बजार असोज २५ गते सोमबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार २३.१९ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २६३९.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५६ अंकले घटेर २९४.२२ को विन्दुमा ओरालो लागेको छ। कारोबार रकम साँढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।

सक्रिय लगानीकर्ताहरूले आजको बजार घटाइलाई करेक्सनकै रुपमा लिएका छन। बजार २ दिन बढेको थियो, यो साता २ दिन घट्यो,यसलाई करेक्सन कै रुपमा लिनु पर्दछ।

बजार घट्नुको अर्को कारण चाडपर्वको सिजन पनि हो। अहिले मानिस चाडपर्व सोचमा छन् । केही ठूला र संस्थागत लगानीकर्ताहरु अझै पनि सरकार र नियामकको नीति निर्णयको प्रतिक्षामा रहेकोले बजार प्रवेश गरिसकेका छैन।

बजारको करेक्सन सकिएको छ, जति तल जानु थियो गइसक्यो। बजार माथि नै जान्छ, अब बढेको बजारले ४२०० सम्मको विन्दु चुम्न सक्छ। त्यसका लागि केही समय भने अवश्य लाग्छ भन्ने आशामा लगानीकरणता छन्।

अब दशैंपछि बजारको दिशा तय हुने अपेक्षा छ। दशैं र तिहारबीचमा सरकार र नियामकबाट केही नीतिगत फेरबदल हुने सम्भावना छ। बजार अनुकूल नीतिगत निर्णय भएमा दशैंपछि बजारले लय समात्ने अपेक्षा छ।

अहिले बजारको सेन्टिमेन्ट बिग्रिएको अवस्था छ। यसलाई सुधार्न सरकार र नियामकबाट उचित नीतिगत निर्णयहरु आउन आवश्यक छ। सेयर बजारको भविष्य अब सरकारकै कोटमा रहेको छ।

भारतीय सेयर बजारलाई तुलना गर्दा पनि नेपालको बजार माथि नै जाने देखिने अनुमान छ। लगानीकर्ताको मनोबल दह्रो भए ब्याजदरले पनि खासै प्रभाव पार्दैन। सरकारबाट बजार विकास तथा विस्तारका लागि लगानीकर्ताहरुले गर्दै आएका माग पूरा हुन आवश्यक छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
आज लगानी समूह सर्वाधिक १.०७ प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतले मात्र बढोत्तरी भएको छ।

आज अन्य समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.१२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत, अन्य लघुवित्त समूहमा १.२६ प्रतिशत र जीवन बीमा समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा किनबेच भएका छन्। आज नबिल बैंकको सर्वाधिक १७ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको १६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँ, सानिमा बैंकको ९ करोड ९८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ९ करोड ११ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको संस्थापक सेयरको ९ करोड ११ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४९ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक कमाएका छन। यो कम्पनीको सेयरभाउ झन्डै ८ प्रतिशतले उकालो लागेको छ।

आज महालक्ष्मी विकास बैंकको सेयरधनीहरु सर्वाधिक गुमाएका छन । यो बैंकको सेयर भाउ झन्डै ९ प्रतिशतले ओरालो लागेको छ। रैराङ हाइड्रोपावरको सेयर मूल्यमा ८ प्रतिशत बढीको गिरावट आएको छ। सेयर बजारमा आज दशैंअघिको अन्तिम कारोबार हो। बजार अब असोज ३१ गतेमात्र खुल्ने भएको छ।

prabhu mahalaxmi
kumari