citizens life insurance long ad

तुँदी पावर कम्पनी लिमिटेडले शेयर निष्काशन गर्ने

कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ ।  तुँदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,००,००,००० कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरु सहित सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा तुँदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद ढकाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

तुँदी पावर कम्पनी लिमिटेडले म्याग्दी जिल्लामा अवस्थित रहुगंगा नदीको पानी सदुपयोग गरि चिमखोला राहुघाट मंगले (३५.५ मे.वा.) र माथिल्लो राहुघाट (४८.५ मे.वा.) जलविद्युत आयोजनाहरु निर्माण गरी मिति २०८२/०४/२० बाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजनाहरु सञ्चालनमा रहेको छ । यस आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari