stcnepal long ad
global ime bank long

नेप्सेमा थपियो दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल ल्युब आयलको कुल ९७ लाख ५२ हजार ६५८.०२ कित्ता शेयर थपिएको छ।

जसमा एनएलजी इन्स्योरेन्स ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर र नेपाल ल्युब आयलको १ लाख २१ हजार ४३७.८ कित्ता बोनस शेयर रहेको छ।

एनएलजी इन्स्योरेन्स आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गरेको भने नेपाल ल्युब आयलले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

IME Lifesidebar
kumari