stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु क्यापिटलको डबल धमाका अफर : १ रुपैयाँमा डिम्याट खाता खोलेर निःशुल्क सेयर तालिम लिन पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
काठमाडौं । प्रभु क्यापिटलले १ रुपैयाँमा डिम्याट खाता खोल्ने सुविधा सार्वजनिक गरेको छ । यसरी खाता खोल्नेले सेयर बजार सम्बन्धी निःशुल्क तालिम समेत लिन पाउनेछन् ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले यो योजना सार्वजनिक गरेको हो । यस योजनालाई ‘प्रभु क्यापिटलको डबल धमाका अफर’ नाम दिइएको छ ।

यस योजनाका विशेषताहरु निम्न अनुसार छन् ।

–यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै, सेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गरिनेछ ।

–प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० जनलाई यो योजना अन्तरगत छनोट गरिनेछ । यसरी छनोट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

–यसरी दैनिक छनोट भएका भाग्यमानी ग्राहकलाई प्रत्येक साता शनिबारको दिन पारेर सेयर बजारसम्बन्धी आधारभूत तालिम प्रदान गरिनेछ ।

जसमा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक, फण्डामेन्टल तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टासम्म चल्नेछ ।

–यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहनेले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेब साइटबाट अनलाइनमार्फत डिम्याट खाताका लागि आवेदन दिपर्नेछ ।

रकम फिर्ता लिनका लागि ग्राहकले इ–सेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

–यो योजनाको अवधि असोज १८ गतेदेखि कार्तिक २५ गते सम्म चल्नेछ ।

–यो योजनाको अन्त्यमा योजना अवधिभर खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पीएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क गरिनेछ ।

–दैनिक विजेताहरुको सूची १ दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटी मार्फत सार्वजनिक गरिनेछ ।

IME Lifesidebar
kumari