stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल धितोपत्र बोर्डले घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल (ब्रोकर), मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनजना भन्दा धेरै कर्मचारी नखटाउन निर्देशन दिएको छ ।

बोर्डले विज्ञप्ति मार्फत सूचना प्रविधि सम्बन्धी काम गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउन समेत बोर्डले आग्रह गरेको छ ।

साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार तत्काल सेवा उपलब्ध गराइ सहयोग गर्न पनि आग्रह गरेको छ ।

यस्तै कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्न र सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari