आगामी साउन १ गतेबाट नयाँ टिएमएस र रकम भुक्तानीको लागि ब्रोकरहरुले नयाँ प्रणाली ल्याउने तयारी
काठमाडौं । धितोपत्र भुक्तानी सम्बन्धि समस्या समधान गर्न व्यावसायी र सिडिएस् एण्ड क्ल्यिरिङ्गको सयुक्त पहलमा आफ्नै कारोबार व्यवस्थापन प्रणालीको बिकास गरी परिक्षणको क्रममा रहेको बताइएको छ ।
सम्बन्धीत पक्षको उचित सहयोग भएमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आगामी साउन १ गतेबाट आफ्नै कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० सञ्चालनमा ल्याउने जनाएका छन् ।
ब्रोकरहरुको संगठन स्टक ब्रोकर एशोसियशनले ब्रोकरहरुको संयुक्त पहलमा शेयर कारोबारको लागि नयाँ टिएमएस शेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणाली विकास भइरहेको जानकारी दिएका छन् ।
व्यवसायीहरुकोे स्वामित्व तथा नियन्त्रणमा नरहेको प्रणालिहरुकोे प्रयोग मार्फत भुक्तानी गर्नपर्ने, त्यस्ता प्रणालीहरुमा बारमबार समस्या आईरहने, प्रणाली प्रयोग गर्ने समयमा रहेका पावन्दि र सामान्य समस्या समधान गर्न पनी अन्य निकायमा लामो समय सम्म भर पर्नु पर्ने हुँदा यस्ता भुक्तानीहरु कहिलेकाही व्यवसायीहरुले चाहँदा–चाहँदै पनि समयमै गर्न नसकिने अवस्था बिध्यमान रहेकाले कारोबारको लागि नयाँ टिएमएस ल्याउनेदेखि शेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणाली ल्याउन लागिएको संघले जनाएको छ ।
अन्तराष्ट्रिय स्तरको व्यावसायीक संरचना विकास गरी त्यही स्तरको ब्रोकर सेवा आम लागानीकर्ताहरुलाई उपलब्ध गराउनका लागी नियामक निकाय तथा बजार संचालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा गर्दै चुस्त दुरुस्त सेवा प्रबाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न हामि व्यवसायीहरुको सयुक्त पहलमा दश भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली टिएमएस ल्याउने सम्झौता गरेको जनाएको छ ।
Multi Asset, Multi Exchange Trading Platform रहेको उक्त प्रणालीमा शेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथैMobile Application सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्नेछ ।
अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनिको आधारभूत तथा प्राबिधिक बिश्लेशण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हर हिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ । Take Profit, After Market Order, Algorithmic jf High Frequency Trading जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न निकैनै सहज हुने संघको अपेक्षा रहेको छ ।






















