citizens life insurance long ad
stcnepal long ad

शेयर बजारमा महिलाको सहभागिता उत्साहजनक, मेरो शेयरको खाता खोल्ने महिला ४५ प्रतिशत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत भिष्म राज ढुंगानाले शेयर बजारमा महिलाको सहभागिता उत्साहजनक हिसावले बढिरहेको बताएका छन् ।

विश्व महिला दिवसको अवसरमा नेपाल स्टक एक्सचेन्जले आयोजना गरेको रिइङ द वेल फर जेण्डर इक्विलिटी कार्यक्रममा अध्यक्ष ढुंगानाले नेपालको पूँजी बजारमा पनि पछिल्लो समय महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताए ।

कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत खाता महिलाको रहेको बताए ।

बोर्ड लगायत पूँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकिय तहमा महिलाहरू रहने क्रम बढ्दै गएतापनि यस स्थितिलाई आगामी दिनमा थप सुदृढ गर्दै लैजानुपर्ने चुनौति भने कायमै रहेको उजागार गरे ।

कार्यक्रममा उनले गत वर्ष विश्वका ७७ वटा एक्सचेञ्जहरूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी यस्तो कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै लैङ्गिक समानताको सचेतना अभिवृद्धिका लागि नेप्सेले पनि यस प्रकृतिको कार्यक्रम सञ्चालन गरेकोमा नेप्सेलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा ढुँगानाले नेपालमा पनि दिगो विकासका १७ लक्ष्य मध्ये लैंगिक समानता पनि एक प्रमुख लक्ष्यको रूपमा रहेको र सो प्राप्तिका लागि सन्दर्भमा नेपाल सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने उनको भनाइ थियो ।

विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछाड्ने प्रतिवद्धताका साथ नेपाल सरकारले दिगो विकासका लक्ष्यहरूलाई समावेश गरी हाल कार्यान्वयनमा रहेको १५ औं योजनाले लैंगिक समानता र महिला सशक्तिकरण को सम्बन्धमा महिलाको आर्थिक सशक्तिकरण र सामाजिक रूपान्तरण गर्ने रणनीति लिएकोमा सोका लागि पूँजी बजारलाई पनि एक माध्यमको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका थिए ।

पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले पनि यो महत्वपूर्ण क्षेत्र भएको जिकिर गरे । उनले विभिन्न क्षेत्रहरूमा महिलाको उपस्थिति सुरक्षित एवं प्रोत्साहित गर्न नेपाल सरकारले संविधान लगायत विभिन्न ऐन कानूनहरूमा व्यवस्था गरेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम ढुंगाना तिम्सिना, अन्तर्राष्ट्रिय वित्त नियोगका कार्यक्रम निर्देशक लोपा रहमान, युएल ग्लोबल कम्प्याक्ट नेपालका अध्यक्ष प्रदीप मान बैद्य र मेगा बैंक नेपाल लि का प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले पनि महिला सहभागिता अभिवृद्धि र समावेशिताको लागी भएका प्रयासका बारेमा मन्तव्य दिएका थिए ।

IME Life
kumari