नाडा प्रतिनिधिमण्डलले अर्थ सचिवसंग भेट

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । अटोमोवाइल व्यवसायीहरुले अर्थ सचिव शिशिरकुमार ढुँगानालाई भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातमा भइरहेको समस्या समाधान गर्न आग्रह गरेको छ । अटोमोवाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डलले राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती भएका ढुँगानालाई बधाई दिँदै आफ्ना समस्याहरु राखेका हुन् । नाडाका उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्याहरु राखेका थिए । नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे पनि आफनो धारणा राखेका थिए । सचिव ढुँगानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिरहेकोमा धन्यवाद दिँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वाशन दिए ।