बलेफी हाइड्रोपावरले साढे ३६ करोडको आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धक नियुक्त

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।
सो सम्बन्धी कम्पनीले एक सम्झौता सम्पन्न गरेको छ । सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । ।