stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बलेफी हाइड्रोपावरले साढे ३६ करोडको आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धक नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटलाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।
सो सम्बन्धी कम्पनीले एक सम्झौता सम्पन्न गरेको छ । सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । ।

prabhu mahalaxmi
kumari