stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईसी एशिया लघुवित्तको नाफा १३ प्रतिशतले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाले दोस्रो त्रैमासको अन्त्यसम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत बर्षको सोहि अवधिमा ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १३ प्रतिशतले बढेको हो ।
संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफा पनि बढ्न पुगेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा ७९ करोड ४९ लाख रुपैयाँ निक्षेप तथा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको यस संस्थाले सो अवधिसम्ममा २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । पुस मसान्तसम्मको वित्तिय विवरणका अनुसार संस्थाको संचालन मुनाफामा ७ करोड ४९ लाख रुपैयाँले बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २१ करोड ८८ लाख रुपैयाँ संचित रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari