sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सान्भी इनर्जीको आइपीओ बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सान्भी इनर्जीको आइपीओ आज दिउँसो बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा दिउँसो ३ बजे सान्भी इनर्जीको आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत जेठ ९ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकितदरका कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गरेको थियो।

यो आइपीओमा कुल २० लाख ४३ हजार २४९ आवेदकले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि खरिद आवेदन दिएका थिए।

तीमध्ये २० लाख ३० हजार १५७ आवेदकबाट परेको २ करोड ३७ लाख ९५ हजार ६४० कित्तामात्रै सदर भएको छ। बाँकी १३ हजार ९२ आवेदकबाट परेको १ लाख ९६ हजार १८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जस भाग्यमानी २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकले आफूलाई शेयर परेको वा नपरेको भन्ने जानकारी धितोपत्र बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको ‘मेरो शेयर’ र https://iporesult.cdsc.com.np मा गएर हेर्न सक्नेछन्।

prabhu bank
nawakantipur long