ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट

काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ ।
यसमा गोलाप्रथा मार्फत ३९ हजार ७२६ जना आवेदकलाई १० कित्ताका दरले ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी गराएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।
कम्पनीले वैशाख ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्री गरेको थियो । यो आइपीओ वैशाख २८ गते बाँडफाँट गरिएको हो ।