stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट भोलि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ।धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि बिहान ९ बजे ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट हुनेछ। आइपीओ बाँडफाँट कार्यक्रम प्रभु क्यापिटलको कार्यालयमा राखिएको छ।

कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएको थियो। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता शेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.०५ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

prabhu mahalaxmi
kumari