stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले गत माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्‌नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर पहिलो चरणमा निष्कासन गरिरहेको छ।

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मात्रैआवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाईन मार्फत आवेदन दिन सकिनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

 

prabhu mahalaxmi
kumari