चिलिमेको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा २ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीले माघ ७ गतेबाट आर्थिक वर्ष २०८०/८१ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा पठाएको हो ।
डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीको भनाई छ ।
यता, कम्पनीले बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न पनि आग्रह गरेको छ ।
चिलिमेको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।