citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले् बढे

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले् बढेको छ । आज नेप्से ०.८० अंकले बढेर २७६०.२१ विन्दुमा आएको छ । ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच भएको छ ।

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा करिब ५० अंकसम्मको उतारचढाव देखिएको छ । आज नेप्से परिसूचक उच्चतम् २७८२ विन्दु र न्यूनतम २७३४ बिन्दुसम्म पुगेको थियो ।

यस्तै ३०२ कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार ९६४ पटक शेयर किनबेच भएको थियो । १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

१३ वटा समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.०४ प्रतिशतले, लगानी १.२८ प्रतिशतले, जीवन बीमा १.६६ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०१ प्रतिशतले, म्युचुअल फण्ड ०.१५ प्रतिशतले, अन्य समूह ०.२१ प्रतिशतले र ट्रेडिङ समूह ०.७३ प्रतिशतले बढेको छ ।

सोमबार सबैभन्दा बढी फाइनान्स समूह ०.३० प्रतिशतले घटेर ३ हजार ५७३.२२ विन्दुमा पुगेको छ । त्यस्तै, विकास बैंक ०.१० प्रतिशतले, होटल एण्ड टुरिजम ०.६३ अंकले ९०.० प्रतिशत, हाइड्रोपावर ०.०५ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घटेको छ ।

gold
himalayan life insurance long ad