चौतर्फी दबाब र लेखा समितिको निर्देशनले रिलायन्सको आईपीओ रोकियो
काठमाडौं । चौतर्फी दबाब र संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) रोकिएको छ ।
मंगलबार लेखा समितिले स्पष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आईपीओ जारी गर्न दिने विवादास्पद निर्णयबाट पछि हटेको हो ।
सार्वजनिक लेखा समितिले सोधेको स्पष्ट्रिकरणको पत्रपछि बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्न दिएको स्वीकृति स्थगन गरेका हुन् ।
लेखा समितिलगायत सबैतिरबाट चर्को दबाब तथा विरोध भएपछि रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्न दिने निर्णय स्थगित गरिएको बोर्डले जनाएको छ ।
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट बिहीबारदेखि साधारण सेयर ९आईपीओ० निष्कासन गर्न लागेको थियो ।
यस कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख १५ हजार ५ सय ९६ कित्ता आईपीओ निष्कासन गर्न प्रक्रिया अघि बढाएको थियो ।
बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई वित्तीय विवरण नहेरी महँगो मूल्यमा आईपीओ निष्कासन गर्न गत १२ असारमा प्रक्रिया अघि बढाउन स्वीकृति दिएको थियो ।
संस्थागत लगानीकर्ताले अधिकतम् ९ सय १२ रुपैयाँमा सेयर खरिद गरेकाले कम्पनीले त्यसको १० प्रतिशत कम हुनेगरी प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आईपीओ निष्कासन गर्न लागेको थियो ।
सो कम्पनीले बुक बिल्डिङमा आईपीओ जारी गर्न अनुमति माग्ने क्रममा बोर्डमा पेस गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेकामा १ वर्ष नपुग्दै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८ पैसामा सीमित भएको अर्को वित्तीय विवरण निकालेको थियो ।
प्रतिसेयर आम्दानी र अन्य सूचकमा गिरावट आएको विवरण बाहिरिएपछि लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन अनुमतिको विषयमा मंगलबार विभिन्न पाँचबुँदे प्रश्नसहित आगामी एक साताको समय दिएर बोर्डसँग जवाफ मागेको थियो ।
लेखा समितिले सेयर मूल्य तयको आधार के हो रु वित्तीय विवरण म्यानुपुलेसन गरेको किन नमान्ने रु लगायत विभिन्न प्रश्नसहित स्पष्टीकरण पत्र पठाएको थियो ।
बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारीले लेखा समितिको निर्देशनपछि तत्काललाई यस कम्पनीको आईपीओ निष्कासन रोक्ने निर्णय भएको जानकारी दिए । उनले सार्वजनिक लेखा समितिको निर्देशन प्राप्त भएपछि निकै छलफल गरेर रिलायन्सको कम्पनीको आईपीओ अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको बताए ।
चर्को मूल्यमा साधारण सेयर निष्कासन गर्न लागेको प्रक्रिया र वित्तीय विवरण शंकास्पद देखिएको भन्ने गुनासो’दयगत गम्भीर चासो राखेको समितिले मंगलबार रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्दा मूल्य कसरी तय गरियो भन्ने ’दयगतमा सातदिने स्पष्टीकरण सोधेको थियो ।
बुक बिल्डिङ मार्फत रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गर्दा तयार गरेका वित्तीय विवरणमा बदमासी गरे नगरेको प्रस्ट पार्न समितिले बोर्डलाई चित्तबुझ्दो जवाफ दिन भनेको थियो । सोही स्पष्टीकरणपछि अहिले बोर्ड यस्तो निणर्यबाट पछि हटेको हो ।
यस आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने बताएको थियो । यस कम्पनीले आ.व २०७९/८० को अनुमानित प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा देखाए पनि बास्तविक आम्दानी २ रुपैयाँ ८ पैसा रहेको भन्दै लेखा समितिले प्रक्षेपित विवरण र वास्तविक विवरण फरक पर्नुको कारण’दयगत समेत जवाफ दिन बोर्डसँग स्पष्टीकरण मागेको थियो ।
यसैगरी, समितिले बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको सो कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ वा छैन, कुन–कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, सो विवरणसमेत माग गरेको थियो ।