stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोषित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ ।

‘वूमन ईन कन्सर्ट’ अत्याधिक रुचाईएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाईन्छ ।  यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हात पारेकी छन् ।

उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकि छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।

त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् ।

वूमन ईन कन्सर्ट २०२४ को शिर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवद्र्धन गर्ने, उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ ।

टीभीएस र वूमन ईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।

रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ ।

काठमाडौं वल्र्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तिकरणको भावना मनाउन एकसाथ आएका थिए ।

यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो जहाँ महिला संगीतकार तथा गायिकाहरुलाई तिन महिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ ।

टीभीएसले महिला सशक्तिकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमा पनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।

 

prabhu mahalaxmi
kumari