stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नयाँ वर्ष २०८१ मा सन सेक्युरिटीजले अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा

एक नेपाली एक ब्रोकर खाताको लागि “मिशन ०८४” अफर जारी 

Nimb long ad
Prabhu Insurance Long Ad

कठमाडौं । नयाँ बर्ष २०८१ को शुभ अवसर मा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले आफ्ना शेयरधनी, कर्मचारी तथा ग्राहक वर्ग एवं शुभेच्छुकहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको जानकारी गराउँदछौं ।

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) ले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य  प्राप्तिका  लागि “मिशन ०८४” अनावरण गरका छौं ।

नयाँ वर्ष २०८१ को अवसर पारेर सन सेक्युरिटीज प्रा.लि. (ब्रोकर नं. ६४) ले “एक नेपाली एक ब्रोकर खाता” भन्ने नारा का साथ २०८४ सम्ममा हरेक नेपालीको एउटा डिम्याट र एउटा ब्रोकर खाता खोल्ने अभियान को शुभआरम्भ गरको छौं ।

वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम भएको र त्यसका लागि डिम्याट खाता र ब्रोकर खाता अनिवार्य रहेको हुँदा सन सेक्युरिटीज प्रा.लि. (ब्रोकर नम्बर ६४) ले “मिशन ०८४” अन्तर्गत ग्राहकहरुलाई चार विभिन्न आकर्षक अफरहरु प्रस्तुत गरेको छौं ।
सन सेक्युरिटिज प्रा.लि.का अफरहरुः

१. लाइफटाइम डिम्याट खाता अफर –
यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु ६६४ मा डिम्याट खाता तथा आजिवन डिम्याट नविकरण सेवा पाउनुहुनेछ । यससँगै ग्राहकहरुले अनिवार्य रुपमा ब्रोकर खाता समेत पाउनुहुनेछ ।

२. निःशुल्क डिम्याट र मेरो शेयर अफर
यस अफर अन्तरगत सन सेक्युरिटिज (ब्रोकर नं. ६४) मा कारोबार खाता खोल्नुहुने ग्राहकहरुले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सेवा प्राप्त गर्नुहुनेछ ।

३. अटोमेटिक डिम्याट तथा मेरो शेयर नविकरण अफर –
यस अफर अन्तरगत सन सेक्युरिटिज (ब्रोकर नं. ६४) मा कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्ष भित्र १० पटक शेयर खरिद बिक्री गर्ने ग्राहकहरुको डिम्याट खाता तथा मेरो शेयर खाता सन सेक्युरिटिजले हरेक वर्ष निःशुल्क नविकरण गरिदिनेछ ।

४. निःशुल्क BO-TO-BO अफर –
यस अफर अन्तरगत ग्राहकहरुले सन सेक्युरिटिज प्रा.लि.मा डिम्याट खाता तथा कारोबार खाता खोली कारोबार गर्ने क्रममा अर्को डिम्याट खातामा रहेको आफ्नो नामको शेयर सन सेक्युरिटिज प्रा.लि.मा रहेको आफ्नो डिम्याट खातामा ट्रान्सफर गर्न चाहेमा निःशुल्क BO-TO-BO (एउटै व्यक्तिको एक डिम्याटमा भएको शेयर अर्को डिम्याटमा लैजाने प्रकृयालाई बिओ टु बिओ भनिन्छ ।) सुविधा प्रदान गरिनेछ ।

साथै यस सेवाका लागि काठमाण्डौ भित्र रहेका ग्राहकहरुलाई थप सेवा आवश्यक परेमा सन सेक्युरिटिजबाट निःशुल्क क्लरिकल सेवा समेत प्रदान गरिनेछ ।

सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) मा अनलाइनबाट डिम्याट खाता तथा कारोबार खाता खोल्नका लागि निम्न बमोजिमको लिंकमा क्लिक गरेर खाता खोल्न सकिनेछ ।

https://www.sunsecurities.com/portal.html, or https://portal.sunsecurities.com/  ग्राहकहरुलाई आइपर्ने समस्या समाधान तथा जिज्ञासाका लागि हामीले सन सेक्युरिटिज प्रा.लि.को फेसबुक पेजको इन्बक्सबाट, व्हाट्सएप तथा भाइबर (मोबाइल नं. ९७६७२३३०००) बाट साथै कल सेन्टरको फोन नं. ०१–५९७१५०० बाट छिटो तथा सुलभ ढंगबाट सम्पर्क गरी सेवा लिन सकिने व्यवस्था गरेको छौं ।

साथै कम्पनीले ग्राहकहरुको सुविधाका लागि शनिबारको बिदा बाहेकका सबै सरकारी बिदामा समेत कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाएका छौं ।

सन सेक्युरिटिज प्रा.लि.ले देश भित्र तथा देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई डिम्याट खाता खोल्न तथा ब्रोकर खाता खोल्न अनलाइनबाटै सहज पहुँच पु¥याई आर्थिक वर्ष २०८३/०८४ भित्र धितोपत्र बजार अन्तरगत प्राथमिक तथा दोश्रो बजारमा सबै नेपालीले लगानीका लागि समान पहुँच पु¥याउने “मिशन ०८४” को उद्देश्य रहेको छ ।

 

prabhu mahalaxmi
kumari