macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल ल्यूव आयलको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २५ गते काठमाडौंमा बिहान साढे ११ बजे ३२औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीको सभाले बोनस सेयर वितरण स्वीकृतपश्चात् पुँजी वृद्धि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १० गतेदेखि पुस २४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) पुस ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

himalayan life insurance
igi long
NTA long ad