stcnepal long ad
nabil bank
Himalayan bank
national life

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड

साढे ११ लाख बढीको हात खाली

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंगलबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलको कार्यालयमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो। आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।

क्यापिटलका अनुसार १३ लाख ४० हजार १९९ आवेदकबाट कुल १ करोड ४५ लाख ४० हजार ३१० कित्ता माग भएको थियो। जसमा १२ लाख ७४ हजार ५६७ आवेदकबाट परेको १ करोड ३६ लाख ४ हजार ९१० कित्ता सदर भएको छ भने बाँकी ६५ हजार ६३२ आवेदकबाट परेको ९ लाख ३५ हजार ४०० कित्ता विभिन्न कारणले रद्द र बदर भएका छन्।

कम्पनीले दोस्रो चरणमा गत मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।

मागभन्दा बढी आवदेन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको। जसमा सदर आवदेकमध्ये भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ११ लाख ५९ हजार ७६७ आवेदकको हात खाली भएको छ।

यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सीडीएससी, धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ।

kumari bank
kumari
nawakantipur long