macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सर्वोत्तम सिमेन्टको आइपीओ बोलकबोलमा आवेदन दिने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बोलकबोलमा आवेदन दिने आज मंसिर १० गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले उक्त कम्पनीको आइपीओमा आज कार्यालय समयभित्र बोलकबोल पेश गर्न सक्नेछन् ।

यस कम्पनीले मंसिर ६ गतेदेखि आइपीओको बोलकबोल खुला गरेको हो ।यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गरेको हो ।

सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ अर्ब रुपैयाँको १२.९०३३% ले हुने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

जसमध्ये ४०% अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो । बोलकबोलका प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । भोली अर्थात् मंसिर ११ गते संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ ।

कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १०% मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ ।

यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad