सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने भएका छन् ।
यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ % बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ % नगद लाभांश वितरण गर्दैछ ।
बैंकले उक्त लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते वार्षिक साधारण सभा डाकेको छ । वार्षिक साधारण सभा, लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।