citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल रिपब्लिक मिडियाको आज साधारण सभा

लगानीकर्ताको हात रित्तै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आज कात्तिक ३ गते शुक्रबार साधारण सभा बस्दैछ । साधारण सभा इन्द्रेणी ब्यांकेट, जडिबुटी चोक काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । लाभांश वितरणको भने कुनै एजेन्डा छैन ।

नेपाल रिपब्लिक मिडियाले गत जेठ २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणको लागि ३६ लाख १९ हजार ८९१ कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । उक्त सेयर अहिले नेप्से सूचीकृत भएर कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long