citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मर्सिडीज बेन्जको विद्युतीय सवारी साधन बिक्रीमा उच्च वृद्धि

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

जर्मनी । जर्मन कार निर्माता कम्पनी मर्सिडीज बेन्जले आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकमा बिक्रीमा उच्च वृद्धि भएको जनाएको छ । कम्पनीले तेस्रो त्रैमासिकमा ६१ हजार ६०० विद्युतीय सवारी साधन (बीइभीएस) बेचेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीले तीन हजार ७०० ईक्यूएस एसयूभी कार बेचेको छ । यो पनि गत वर्षको सोही अवधिको तुलनामा १६२ प्रतिशतले बढी हो ।

तेस्रो त्रैमासमा जी–क्लास र मर्सिडीज–मेबाख, दुवैले नयाँ रेकर्डहरु तोडे ।

चीनमा यी कारको बिक्री क्रमशः ३५ प्रतिशत र ३० प्रतिशतले बढेको छ । यस्तै, मर्सिडीज–बेन्ज एस–क्लास पनि चिनियाँ बजारमा एक प्रमुख विक्री हुने कारका रुपमा रह्यो ।

एस–क्लासको बिक्री पनि नौ प्रतिशत वृद्धि गरेको छ । मर्सिडीजका आरामदायी महंगा कारका लागि चीन एक महत्वपूर्ण बजार हो । सिन्ह्वा

himalayan life insurance
igi long