citizens life insurance long ad
stcnepal long ad

भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का

Nimb long ad
Prabhu Insurance Long Ad

कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार कर्नाटक बिधानसभामा विजेपीले ६५ सीटमा खुम्चिएको छ ।

भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ । कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणामअनुसार कांग्रेसले १३६ सीट जितेको छ । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ ।

त्यस्तै, सत्तारुढ भारतीय जनता पार्टी )भाजपा) ले नराम्रोसँग हार बेहोर्नु परेको छ । उसले ६५ सीट मात्रै जितेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ ।

गत निर्वाचनमा १०४ सीट जितेको थियो । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन् ।

भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएका छन् ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।

IME Life
kumari