citizens life insurance long ad
stcnepal long ad

प्राविधिक समस्यापछि पेरिस विमानस्थलमा आवागमन प्रभावित

Nimb long ad
Prabhu Insurance Long Ad

फ्रान्सको राजधानी पेरिसको मुख्य चाल्र्स डी गौल र ओर्ली विमानस्थलमा शनिबार कम्प्युटरमा खराबी आएपछि यात्रुको लामो लाइन लाग्यो ।

“सीमा प्रहरीको राष्ट्रिय विघटनले हाल पेरिस– चाल्र्स डी गौल र पेरिस–ओर्लीको प्रस्थान र आगमनमा सुरक्षा जाँचप्वाइन्टहरूलाई असर गर्दछ । अवरूद्धतालाई पुष्टि गर्दै ” पेरिस एयरपोर्ट ले ट्वीट गरेको छ,“प्रतिक्षाको समयको थप विस्तार हुनसक्छ ।”

शनिबारको समस्याका कारण फ्रान्सका अन्य विमानस्थल वा क्षेत्र प्रभावित भए÷नभएको तत्काल स्पष्ट हुन सकेको छैन ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा पेरिस विमानस्थलको चेकप्वाइन्टमा यात्रुहरूको ठूलो लाइन लागेको देखिन्छ भने केही भुइँमा बसिरहेका छन् ।

स्थानीय समयअनुसार दिउँसो २ः०० बजेसम्ममा उक्त कम्प्युटर प्रणालीले पुनः काम गरिरहेको गृह मन्त्रालयले एएफपीलाई जानकारी दिएको छ ।

मार्टिनिकबाट यात्रा गरिरहेकी एक महिलाले ओर्लीमा करिब दुई घण्टा लाइनमा बिताउनु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ओर्लीमा करिब एक हजार ५०० देखि दुई हजार मानिसहरू सेवाका लागि पर्खामा हिँडडुल गरिरहेका थिएनन् ।”

आफ्नो थर बताउन अस्वीकार गर्दै अनौक नाम बताउने एक यात्रुले एएफपीसँग टेलिफोनमा भन्नुभयो,“यो लज्जास्पद छ, विशेष गरी बच्चाहरू भएका आमाबाबु र अन्य यात्रुहरू क्रोधित बनेका छन् ।

पेरिस विमानस्थलबाट कसैले पनि हामीलाई केही जानकारी गराएका थिएनन्् । तर,यात्रीहरूले सिसाबाहिरबाट  जानकारी मागेपछि  उनीहरूले पछि समस्याबारे सामान्य जानकारी गराएका थिए ।”

उहाँले थप्नुभयो, “त्यसपछि सीमा प्रहरी अधिकारीहरूले तिनीहरूलाई खोले र भीडभाड कम गर्न क्रमैसँग राहदानी जाँच गरेका थिए ।”

उहाँले भन्नुभयो, “यात्रुका लागि परिस्थितिलाई सकेसम्म सहज बनाउन सबै काम भइरहेको छ । पेरिस विमानस्थलका प्रवक्ताले भन्नुभयो, “पानीको आपूर्ति भइरहेको छ र यात्रुहरूको प्रश्नको जवाफ दिन अधिकारीहरू तैनाथ गरिएको छ ।

IME Life
kumari