citizens life insurance long ad
stcnepal long ad

रुसमा दुई वटा युक्रेनी ड्रोन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए

Nimb long ad
Prabhu Insurance Long Ad

एक वर्षदेखि रुससँग युद्ध लडिरेहेको युक्रेनले रुस भित्रै छिरेर हवाई महला गर्ने प्रयास गरेको खुलासा भएको छ । रुसी राजधानी मस्कोभन्दा सय किलोमिटर टाढा गुबास्तोभो नजिक दुई वटा युक्रेनी ड्रोन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएका छन् ।

उक्त विमान रुसी सेनाले खसालेको हो वा आफैं दुर्घटनामा परेको हो भन्नेबारे केही खुलेको छैन ।

युक्रेनले तैनाथ गरेको ड्रोन खसालेको दाबी रुसले गरिरहँदा युक्रेनले भने रुसभित्र छिरेर आफूहरुले सैन्य कारबाही नगरेको र आफ्नो कारबाही युक्रेनी भूमि जगाउन केन्द्रित रहेको स्पष्ट पारेको छ ।रुसी गैरसैनिकहरुलाई निशाना बनाउन युक्रेनले ड्रोन पठाएको हुनसक्ने रुसको आंकलन छ ।

IME Life
kumari