citizens life insurance long ad
stcnepal long ad

पाँच लाख पर्यटकलाई फ्रि टिकट बाँड्ने हङकङ सरकारको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

हङकङ सरकारले कोभिडले थला परेको पर्यटन उद्योगलाई पुनर्जिवित गर्न पाँच लाख वटा फ्रि उडान टिकट बाँड्ने घोषणा गरेको छ ।

“हेल्लो हङकङ” कार्यक्रम सुरू गर्दै हङकङ सरकारले हङकङको ध्वजाबाहक क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस र हङकङ एयरलाइन्सका ५ लाख टिकट फ्रि वितरण गर्ने घोषणा गरेको हो । त्यसका लागि झण्डै साढे २५ करोड डलर खर्च हुने अनुमान गरिएको छ ।

तीन तरिकाले फ्रि टिकट बाँडिने छ । जस अनुसार पहिलो चरणमा आगामी मार्च १ देखि दक्षिणपूर्वी एशिया, अप्रिल १ देखि मूख्यभूमि चीन र मे १ देखि बाँकी विश्वका पर्यटकहरुलाई टिकट वितरण गरिने छ । जुलाई १ बाट केही टिकट हङकङवासीलाई पनि टिकट उपलब्ध गराइने छ ।

यस अभियान अन्तर्गत हङकङ पुग्नेहरुलाई पहिले पहिलेका भ्रमणमा भन्दा फरक अनुभूति दिलाउने घोषणा पनि गरिएको छ ।

कोरोना अघि हङकङमा वार्षिक साढे पाँच करोड बढी पर्यटक पुग्ने गर्दथे । गत वर्ष एक लाख मात्रै पर्यटक हङकङ पुगेको तथ्यांक छ ।

IME Life
kumari