citizens life insurance long ad
stcnepal long ad

भारत–अस्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौता लागू

Nimb long ad
Prabhu Insurance Long Ad

अस्ट्रेलिया–भारत आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार औपचारिक रुपमा लागू भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारतसँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गर्नुभएको छ ।

सम्झौताले एक अर्ब ४० करोड जनसङ्ख्या भएको अस्ट्रेलियालाई निर्यात हुने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अष्ट्रेलियाली वाइन र बदामलगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ ।

प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।

ताजा अष्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । संघीय सरकारका अनुसार यो सम्झौताले अष्ट्रेलियाली निर्यातकर्तालाई प्रत्येक वर्ष दुई अर्ब अष्ट्रेलियाली डलर(१.३ अर्ब अमेरिकी डलर) बचत गर्नेछ ।

“भारतको युवा जनसङ्ख्या, विविध अर्थव्यवस्था र विकासको मार्गले शिक्षा, कृषि, ऊर्जा लगायत अष्ट्रेलियाली व्यवसायहरूका लागि महत्वपूर्ण अवसरहरू प्रस्तुत गर्छ,” फेरेलले बिहीबार न्यूज कर्प अस्ट्रेलियामा प्रकाशित स्तम्भमा लेख्नुभएको छ ।

फरेलले बिहीबार आफू र प्रधानमन्त्री एन्थोनी अल्बानीस दोस्रो चरणको व्यापार सम्झौताका लागि मार्चमा नयाँ दिल्ली जाने सम्भावना रहेको बताउनुभएको छ ।

IME Life
kumari