stcnepal long ad
ime life insurance
national life
global ime bank long

दोहामा अमेरिका–इरान वार्ता, विशेष दूत विटकोफ सहभागी हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा मंगलबार इरानसँग बैठक हुने दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘इरानले बैठकको प्रस्ताव गरेको छ । यो बैठक दोहामा हुनेछ ।’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि फक्स न्युजसँगकाे कुराकानीमा उक्त बैठकबारे जानकारी दिएकी हुन् ।

लेभिटका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर यसै साता इरानी प्रतिनिधिसँग वार्ताका लागि दोहा जाने कार्यक्रम छ ।

अमेरिका र इरानबीच जुन १७ मा १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा दुवै पक्षले सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, समझदारी भएको दुई साताभन्दा कम समयमै दुवै पक्षबाट पुनः आक्रमण भएपछि उक्त सहमति कार्यान्वयनमा चुनौती देखिएको छ ।

यस्तो अवस्थामा हुन लागेको भनिएको दोहाको बैठकलाई अमेरिका–इरान सम्बन्ध सुधार र तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

IME Lifesidebar
kumari