stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

इजरायलमा बेन्जामिन नेतान्याहु कीर्तिमानी छैटौं पटक प्रधानमन्त्री बन्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इजरायलको प्रधानमन्त्री बन्न लागेका बेन्जामिन नेतान्याहुले आगामी साता सपथ लिनेमा आफू आशावादी रहेको बताएका छन् ।

इजरायलमा नयाँ सरकार गठनको बाटो खुलेको छ र योसँगै बेन्जामिन नेतान्याहु कीर्तिमानी छैटौं पटक सत्तामा फर्किनेछन् ।

उनको गठबन्धन सरकारलाई कट्टरपन्थी यहूदी पार्टीहरू र अति(राष्ट्रवादी पार्टीहरूले समर्थन गरेका छन्। यो इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकार बन्ने विश्वास गरिएको छ।

गठबन्धनले यहूदी बस्ती विस्तार गर्ने र सुरक्षा बल र न्यायपालिकामाथि नियन्त्रण बलियो बनाउने योजना बनाएको छ।

‘द ज्युइश पार्टी’का नेता इटामार बेन गभिरलाई नयाँ सरकारमा राष्ट्रिय सुरक्षामन्त्री बनाइने भएको छ । उनी विगतमा जातीय भेदभावको अपराधमा दोषी ठहर भइसकेका छन् ।

गठबन्धनका साझेदारहरूले नेतन्याहू विरुद्ध चलिरहेको घुसखोरी र जालसाजीको मुद्दालाई अन्त्य गर्ने कानुनी सुधारहरू पनि प्रस्ताव गरेका छन्।

 

prabhu mahalaxmi
kumari