citizens life insurance long ad
stcnepal long ad

अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ ।

सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको हो ।

उहाँले देशमा बिग्रँदै गएको सशस्त्र विद्रोहको सामना गर्न नसक्ने कारण दामिबालाई हटाउनुपरेको बताएका छन् । नयाँ सरकार गठन भएसँगै कर्फ्यू लगाइएको छ भने विभिन्न नाकाहरू बन्द गरिएको छ ।

त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिहरूलाई पूर्ण रूपमा बन्देज लगाइएको छ ।

पश्चिमी अफ्रिकी मुलुकका लागि ८ महिनामा यो दोस्रो पटक सत्ता परिवर्तन भएको हो । दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता लिएको थियो ।

त्यस लगत्तै मुलुकको सुरूक्षा व्यवस्था खलबलिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । अस्थिर सरकारको फाइदा उठाउँदै विद्रोही बुर्किना फासोले अलकयदासँग सम्बन्धित केही विद्रोही समूहहरूलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ ।

सो क्रममा भएका हिंसात्मक गतिविधि बढेको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ ।

IME Life
kumari