stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दक्षिण कोरियामा रोकिएन कोरोना, नयाँ संक्रमित बढेको बढ्यै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । दक्षिण कोरियामा फेरि कोरोना महामारी फैलिएको छ । त्यहाँको सरकारले रोकथामका विभिन्न उपाय अनपनाउँदा पनि कोरोना संक्रमण रोकिएको छैन ।

खोप लगाउने कार्यक्रम जारी रहे पनि कोरोना संक्रमण भने अझै फैलिएको छ । गत मंगलबारामात्र पनि कोरियामा २४ घण्टाको अवधिकमा ४१ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिए ।

यो संख्यासँगै कोरियामा कोरोनाका कुल संक्रमित संख्या २ करोड ४५ लाख नागेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका संक्रमित संख्या पनि करिब ५ सय जना पुगेको छ । यही संक्रमणका कारण ५९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

यसैसँगै मृतकको संख्या झन्डै २८ हजार जना पुगेको छ । कुल मृत्युदर ०।११ प्रतिशत रहेको छ । खोप कार्यक्रम सञ्चालन भएपछि विश्वका अधिकांश मुलुकमा अहिले कोरोना प्रभाव कम भएको छ । तर केही देशहरुमा भने अहिले पनि यो चुनौतीकै रुपमा फेरि खढा भइरहेको छ ।

prabhu mahalaxmi
kumari