citizens life insurance long ad
stcnepal long ad

२१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । बीसभन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन्।

अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेका हुन्।

ताइवानको रक्षा मन्त्रालयले ट्विटरमा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘२१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिणपश्चिम एडिआइजेड २ अगस्टमा प्रवेश गरेका छन्।’ सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन्।

चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ। दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन्।

चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन्। चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो। एसिया भ्रमणको क्रममा सभामुख पेलोसीले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन। पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

 

IME Life
kumari