citizens life insurance long ad
stcnepal long ad

रुसी सेनाको हमलामा परी १५ जनाको मृत्यु, २० जना बेपत्ता

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ।

आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएर बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन्। पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्रापत विवरणहरुमा जनाइएको छ।

 

 

चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ। पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन्।

 

IME Life
kumari